पेशागत बीमा अभिकर्ता संघ नेपालको राष्ट्रिय महाधिवेशन चैत २७–२८ मा, नयाँ कार्यसमिति चयन हुने
- BFIS News
- 2026 Apr 05 13:10
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन आगामी चैत २७ र २८ गते आयोजना हुने भएको छ। संघको विधानको परिच्छेद ४, धारा १० उपधारा अनुसार सम्पन्न हुने यस महाधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिने भएको हो।
संघका अध्यक्ष केदारनाथ अधिकारीका अनुसार महाधिवेशनमा देशभरका विभिन्न बीमा कम्पनीहरूबाट छनोट भई आएका करिब ५०० प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रतिनिधि तथा पर्यवेक्षक गरी ५०० भन्दा धेरैको उपस्थिति रहने अपेक्षा गरिएको छ।
महाधिवेशनको कार्यतालिका अनुसार पहिलो दिन बिहान ९ बजेदेखि प्रतिनिधि दर्ता सुरु हुनेछ भने ११ बजे औपचारिक उद्घाटन समारोह आयोजना गरिनेछ। उद्घाटन समारोहमा प्रमुख अतिथिबाट बीमा संकल्प नामक स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ।
उद्घाटन सत्र सम्पन्न भएसँगै सोही दिन बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा संघका सांगठनिक गतिविधिहरूको समीक्षा गरिनेछ भने आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिने तयारी गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनु भएको दिए।कार्यक्रम काठमाडौंको बसुन्धारा स्थित चिफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा आयोजना हुने जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












.jpg)


प्रतिक्रिया