Nepal Life

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त, याेजना आयाेगको उपाध्यक्षमा गुणाकर भट्ट

NMB Bank
  • BFIS News
  • 2026 Apr 07 16:41
नेपाल राष्ट्र बैंकको  डेपुटी गभर्नरमा पण्डित नियुक्त, याेजना आयाेगको उपाध्यक्षमा गुणाकर भट्ट
United Ajod

काठमाडौं । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार बैठकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो। राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमध्ये एकमा उनलाई नियुक्त गरिएको जानकारी दिइयो।

त्यसैगरी, मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। डा. भट्ट डोटी निवासी हुन्।

मन्त्री रावलले बैठकले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको पनि जानकारी दिइन्। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन यस्तो कदम चालिएको सरकारको भनाइ छ।

यस्तै, बैठकले वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले उपलब्ध गराउने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

अर्को निर्णयअनुसार, ललितपुर महानगरपालिका वडा नम्बर ३ पुलचोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गरिने भएको छ।

मन्त्री रावलका अनुसार पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको आपूर्तिका कारण नेपाल आयल निगमले ११ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। यसै कारण मूल्य समायोजन गर्नुपरेको पनि उनले स्पष्ट पारिन्।

सरकारले आवश्यकता अनुसार सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सक्ने संकेत दिएको छ। साथै, आम नागरिकलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउन पनि सरकारले आह्वान गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया