Nepal Life

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली

NMB Bank
  • BFIS News
  • 2026 Apr 07 22:32
नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्। उनले आजै पदबहाली समेत गरे ।

Shikhar
Nepal Life
NIMB

नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिए ।

डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनि २०६८ सालमा उप–
निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशक रहँदा
उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हाली सकेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया