NIMB Header 2
Nepal Life

एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, बैशाख २ सम्म आवेदन दिन पाइने

NMB Bank
  • BFIS News
  • 2026 Apr 13 10:53
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, बैशाख २ सम्म आवेदन दिन पाइने
United Ajod

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले चैत २६ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा इच्छुक लगानीकर्ताले २०८३ साल बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

यसअघि कम्पनीले चैत ३० गतेसम्म छिटो बन्द हुने जनाएको थियो। तर, नेपाल सरकारले चैत २३ गतेदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय लागू गरेपछि आईपीओको म्याद थप गरिएको हो। कम्पनीका अनुसार ढिलोमा बैशाख १० गतेसम्म निष्काशन अवधि लम्बिन सक्नेछ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब भने दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर समेत छुट्याइएको थियो।

अब बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ रहेको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र डिस्काउण्टेड फिर्ता अवधि १६.४३ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया