नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता सम्पन्न
- BFIS News
- 2026 Apr 22 17:03
काठमाडौं। निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना सेवाग्राही र कर्मचारीलाई लक्षित गर्दै ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ।
वैशाख ९ गते सम्पन्न उक्त सम्झौताअनुसार बीमा प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच तथा रिपोर्ट छिटो, छरितो र सहुलियत दरमा उपलब्ध गराइनेछ। साथै कम्पनीका कर्मचारीहरूलाई स्वास्थ्योपचार सेवामा १० प्रतिशत छुटसहित विशेष सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ।
सम्झौतामा सुरेश प्रसाद खत्री (प्रमुख कार्यकारी अधिकृत, नेशनल लाईफ) र अमृत खन्ना (चिफ अपरेटिङ अफिसर, ग्राण्डी इन्टरनेशनल हस्पिटल) ले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच हस्ताक्षर गरेका थिए।
यस सहकार्यले बीमालेख खरिद गर्न चाहने सेवाग्राहीलाई आवश्यक स्वास्थ्य परीक्षण सहज बनाउनुका साथै कम्पनीका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा किफायती दरमा उपलब्ध गराउने विश्वास गरिएको छ। साथै, यस्तो प्रकारको साझेदारीबाट कम्पनीसँग आबद्ध सम्पूर्ण सरोकारवाला वर्गहरूले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया