जोखिम व्यवस्थापन सुदृढ गर्न जोड, प्रभु इन्स्योरेन्सको सुशासन र प्रविधिमा ध्यान
- BFIS News
- 2026 Apr 23 08:25
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाइएको जानकारी दिएका हुन्।
उनका अनुसार कम्पनीले दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनमा ल्याएको छ। आधुनिक बीमा सेवामा सूचना प्रविधिको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले प्रविधिमार्फत छिटो, सरल र भरपर्दो सेवा उपलब्ध गराउने नीति अपनाइएको बताए।
कम्पनीले व्यवसाय विस्तारसँगै मानव स्रोत विकास, कर्मचारी तालिम तथा क्षमता अभिवृद्धि, संस्थागत सुशासन र प्रभावकारी जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको मल्लले उल्लेख गरे। ब्रान्ड सुदृढीकरणसँगै नीति तथा कार्यविधिको पूर्ण कार्यान्वयनमा पनि ध्यान दिइएको उनको भनाइ छ।
कर्मचारीलाई संस्थाको आधार स्तम्भ मान्दै व्यवस्थापन सुधार, प्रोत्साहन र तालिममार्फत कार्यक्षमता बढाउने प्रयास भइरहेको उनले बताए। साथै, व्यावसायिक वृद्धि हासिल गर्न परिणाममुखी नीति अपनाइएको र आवश्यक बाहेकका खर्च नियन्त्रणलाई निरन्तरता दिइएको जानकारी दिइयो।
अध्यक्ष मल्लका अनुसार कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि उपलब्धि हासिल गरेको छ। Indian Chamber of Commerce द्वारा Bangkok मा आयोजित ‘इमर्जिङ एसिया अवार्ड’ को छैटौं संस्करणमा कम्पनीले दुई विधामा सम्मान प्राप्त गरेको उनले बताए।
आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीका आधारमा कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमध्ये ८.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश गरी करिब १५ करोड ५७ लाख रुपैयाँ बराबर वितरण गर्ने जानकारी दिइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया