NIMB Header 2
Nepal Life

कालीमाटी बजारले तोक्यो आजको कृषिउपजको थोक मूल्य

NMB Bank
  • BFIS News
  • 2026 Apr 23 08:29
कालीमाटी बजारले तोक्यो आजको कृषिउपजको थोक मूल्य
United Ajod
Shikhar
Nepal Life
NIMB

सार्वजनिक मूल्यसूचीअनुसार दैनिक उपभोग्य वस्तुहरूको मूल्य दायरा फरक–फरक कायम गरिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो (लोकल) ५० रुपैयाँ, सानो (भारतीय) ५५ रुपैयाँ र तराईको सानो गोलभेँडा ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो २६ रुपैयाँ र भारतीय आलु २५ रुपैयाँ प्रतिकिलो रहेको छ भने सुक्खा प्याज (भारतीय) ३७ रुपैयाँमा निर्धारण गरिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ र तराईको गाजर ३० रुपैयाँ, बन्दा ३० देखि ४५ रुपैयाँ तथा काउली ३० देखि ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ। सेतो मूला, भन्टा, बोडी, मटरकोसा, घिउ सिमी, राजमा लगायतका तरकारीको मूल्य ३० रुपैयाँदेखि १८० रुपैयाँसम्म कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (झोले) २५० रुपैयाँ, कागती ३९० रुपैयाँ, अङ्गुर २४० देखि ३८० रुपैयाँ तथा अनार ४०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। केरा दर्जन २५० रुपैयाँमा कारोबार भइरहेको छ भने किबी ४५० रुपैयाँ र एभोकाडो ८०० रुपैयाँ प्रतिकिलो पुगेको छ।

सागसब्जीतर्फ पालुङ्गो १०० रुपैयाँ, रायो साग ६० रुपैयाँ, तोरी साग ४० रुपैयाँ र मेथी ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउतर्फ कन्य च्याउ २२० रुपैयाँ, डल्ले ३५० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, हरियो खुर्सानी ८० देखि १०० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ तथा सुक्खा खुर्सानी ४५० रुपैयाँ प्रतिकिलो रहेको छ। लसुन (नेपाली) १३० रुपैयाँ र चाइनिज लसुन २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

माछातर्फ ताजा रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ प्रतिकिलो रहेको छ भने सुक्खा माछा १,००० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

समितिले दैनिक रूपमा बजार आपूर्ति, माग र मौसमी अवस्थालाई आधार बनाएर मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया