सम्पत्ति छानबिन आयोगले काम सुरु गर्यो, एक वर्षभित्र ठूला मुद्दा टुंग्याउने लक्ष्य
- BFIS News
- 2026 Apr 23 08:33
आयोगले एक वर्षभित्र प्रमुख फाइलहरू टुंग्याउने लक्ष्य लिएको जनाएको छ।
वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।
अध्यक्ष भण्डारीले कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अन्य सदस्यहरूमा पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, पूर्व न्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्, जसलाई अध्यक्ष भण्डारीले शपथ गराएका हुन्।
जाँचबुझ ऐन २०२६ अनुसार काम गर्ने अधिकार पाएको आयोगले आफ्नो कार्यसम्पादन सर्त (टीओआर) पनि स्वीकृत गरिसकेको छ। आयोगलाई एक वर्षको कार्यकाल दिइएको छ।
आयोगले हाल तथा पूर्व सार्वजनिक पदाधिकारीहरू र उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेको सम्पत्तिको विवरण सङ्कलन गरी विस्तृत छानबिन गर्नेछ। अनुसन्धान सम्पन्न भएका प्रत्येक प्रकरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ, जसलाई सरकारले ४५ दिनभित्र कार्यान्वयन गर्नुपर्नेछ।
आयोगले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न माध्यम—लिखित, मौखिक, विद्युतीय तथा सामाजिक सञ्जालमार्फत उजुरी सङ्कलन गर्ने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया