NIMB Header 2
Nepal Life

काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइयो ।

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Apr 25 09:20
काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइयो ।
United Ajod

काठमाडौँ, १२ वैशाख — काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो।

Shikhar
Nepal Life
NIMB

बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा बस्ती हटाइसकेपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ।

प्रभावित बासिन्दाहरूले वैकल्पिक बसोबासको माग गर्दै चिन्ता व्यक्त गरेका छन् भने महानगरले नदी किनार अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया