देशभर बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना
- BFIS News
- 2026 Apr 26 10:11
काठमाडौँ, वैशाख १३ — आइतबार बिहानदेखि काठमाडौँसहित देशभर आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ।
मौसम पूर्वानुमान अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनीका पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
मौसम विभागका अनुसार आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ। मेघगर्जन, चट्याङ र बढ्दो तापक्रमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)
-(1).jpeg)




प्रतिक्रिया