NIMB Header 2
Nepal Life

जानकी मन्दिरमा जानकी नवमीमा दुग्धमति शाही स्नान यात्रा निरन्तर

NMB Bank
  • BFIS News
  • 2026 Apr 24 16:50
जानकी मन्दिरमा जानकी नवमीमा दुग्धमति शाही स्नान यात्रा निरन्तर
United Ajod

 जनकपुरधाम, वैशाख ११ — जानकी मन्दिरले जानकी नवमीको अवसरमा यस वर्ष पनि दुग्धमति शाही स्नान यात्रालाई निरन्तरता दिने भएको छ।

Shikhar
Nepal Life
NIMB

शनिबार मनाइने जानकी जन्म महामहोत्सवलाई लक्षित गर्दै विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यो शाही स्नान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको मन्दिरले जनाएको छ।

सांस्कृतिक धरोहरका रूपमा रहेको जानकी नवमीलाई थप व्यवस्थित बनाउन तथा प्रचार–प्रसार गर्न मन्दिर परिसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको तयारी गरिएको छ।

जानकी जन्म महामहोत्सवको अवसरमा शनिबार बिहान ५ बजे विशेष शोभायात्रासहित शाही स्नान कार्यक्रम आयोजना गरिनेछ। उक्त शोभायात्रामा साधुसन्त तथा श्रद्धालु भक्तजनलाई सहभागी हुन मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णवले आग्रह गर्नुभएको छ।

उहाँले जानकी जन्मोत्सवको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक बिदा घोषणा गर्नुपर्ने मागसमेत दोहोर्याउनुभयो। साथै, धार्मिक पर्वबारे जानकारी नभएका पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न विशेष दुग्धमति शोभायात्रा र अन्य कार्यक्रमहरू आयोजना गरिएको उहाँले बताउनुभयो।

शाही स्नानपछि नगर परिक्रमा, आरती, मंगलगान, दीप प्रज्वलन र रामकथा वाचनलगायतका कार्यक्रम हुनेछन्। यससँगै जनकपुरधामका मठमन्दिरहरूमा साँझ नाचगान तथा भजनकीर्तन हुने परम्परा रहेको छ। मन्दिर परिसरलाई झिलिमिली पारेर सुसज्जित बनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया