NIMB Header 2
Nepal Life

थापाथलीमा अवैध बस्ती हटाउने काम शान्तिपूर्ण रूपमा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Apr 26 10:14
थापाथलीमा अवैध बस्ती हटाउने काम शान्तिपूर्ण रूपमा सम्पन्न
United Ajod

काठमाडौँ, वैशाख १२ — काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयमा थापाथलीमा बस्ती खाली गरिएको हो।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्।

शनिबार थापाथलीबाट विस्थापित ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ।

सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशालामा राखी विवरण सङ्कलन गरिएको छ। अस्थायी व्यवस्थापनका लागि उनीहरूलाई काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी गरिएको छ।

आइतबारदेखि उनीहरूको पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिनेछ। वास्तविक सुकुम्बासी ठहरिएमा दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना रहेको छ।

सरकारले दीर्घकालीन बसोबास व्यवस्थापनका लागि थप प्रक्रिया अघि बढाउने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया