NIMB Header 2
Nepal Life

मकवानपुरमा ओभरलोड चुनढुङ्गा बोकेका १३ टिप्पर नियन्त्रणमा

NMB Bank
  • BFIS News
  • 2026 Apr 26 10:17
मकवानपुरमा ओभरलोड चुनढुङ्गा बोकेका १३ टिप्पर नियन्त्रणमा
United Ajod

मकवानपुर, वैशाख १३ — मकवानपुर प्रहरीले क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका १३ वटा टिप्पर नियन्त्रणमा लिएको छ।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्तीका क्रममा हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक पुष्कर बेगटीका अनुसार मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका टिप्परहरू जाँच गर्दा ओभरलोड भेटिएको हो। साथै, केही टिप्परमा आवश्यक बिलसमेत नभएको पाइएपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।

नियन्त्रणमा लिइएका टिप्परहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उहाँका अनुसार ती टिप्परहरूमा बिलसमेत नभएको पाइएपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीले म.प्र.०३–००१ क २५९५, म.प्र.०३–००१ क २५८१, बा.प्र.०३–००१ ख १२७३, बा.प्र.०३–००१ ख १२७२, ना ८ ख ४३८२, म.प्र.०३–००१ क २५९१, म.प्र.०३–००१ क २५८३, बा.प्र.०३–००१ ख १२७०, ना ८ ख ५०२९, ना १ क ८७०१, ना १ क ८६९८, ना १ क ८६९६ र बा.प्र.०३–००१ ख ४६६२ को टिप्पर नियन्त्रणमा लिइएका हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया