NIMB Header 2
Nepal Life

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

NMB Bank
  • BFIS News
  • 2026 May 04 08:47
सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित
United Ajod

काठमाडौं। Sarvottam Paints Industries Limited ले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्काशन आजदेखि खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम मिति बैशाख २४ गते तोकिएको छ। तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने जनाइएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Global IME Capital Limited ले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै Mero Share प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।

कम्पनीको क्रेडिट मूल्याङ्कन CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया