मन्त्रिपरिषद् बैठक आज, मन्त्रालय पुनर्संरचनाको प्रस्ताव पेश हुने
- BFIS News
- 2026 May 04 09:03
काठमाडौं । संघीय सरकारअन्तर्गत मन्त्रालयको संख्या घटाउने तयारी अन्तिम चरणमा पुगेको छ।
यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ, जहाँ मन्त्रालय गाभ्ने, खारेज गर्ने तथा नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा विभिन्न मन्त्रालय पुनर्संरचनासम्बन्धी खाका छलफलका लागि पेश गरिनेछ। प्रस्तावअनुसार केही मन्त्रालय खारेज गर्ने र कतिपयलाई एकीकृत गरी नयाँ संरचना बनाउने योजना रहेको छ।
तयारीअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने प्रस्ताव गरिएको छ। खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयसँग गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाउने तथा युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी कार्यलाई समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने योजना छ।
त्यसैगरी खानेपानी र शहरी विकास क्षेत्रलाई भौतिक पूर्वाधारसँग एकीकृत गरी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाउने र सरसफाइसम्बन्धी कार्य स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्ने तयारी गरिएको छ। साथै केही कार्यक्षेत्रहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याउने विषय पनि प्रस्तावमा समेटिएको छ।
Govinda Bahadur Karki को संयोजकत्वमा गठित कार्यदलले संघीय तहमा मन्त्रालय संख्या १७ मा सीमित गर्ने सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकार मन्त्रालय पुनर्संरचना प्रक्रियालाई अघि बढाइरहेको बताइएको छ।
सरकारले घोषणा गरेको सय दिने प्रशासनिक सुधार योजनाअनुसार मन्त्रालय संख्या घटाउने प्रतिबद्धता कार्यान्वयन गर्न यो कदम चालिएको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया