समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता
- BFIS News
- 2026 May 05 12:55
काठमाडौं, वैशाख २२ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल कर्जा चुक्ता गर्न निर्देशन दिएको छ। समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ऋणीहरूलाई साँवा, ब्याज तथा हर्जानासहितको सम्पूर्ण रकम समयमै बुझाउन ताकेता गरेको हो।
समितिका अनुसार सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अगाडि बढाइएको छ। बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट उठाउनुपर्ने रकम संकलन अपरिहार्य भएको समितिले जनाएको छ।
यससँगै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ। तोकिएको समयभित्र कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले स्पष्ट पारेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया