नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यतर्फ ढकाल पहिलो, गोल्छा र पौडेल शीर्ष सूचीमा
- BFIS News
- 2026 May 06 12:09
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा एसोसियट सदस्यतर्फ सचिन ढकालले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्।
केहीबेरअघि सम्पन्न मतगणनाअनुसार सबैभन्दा बढी मत ल्याउने १७ जना उम्मेदवारहरू विजयी भएका छन्। जसमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल र उज्ज्वल कुमार श्रेष्ठ उच्च मतसहित निर्वाचित भएका छन्।
महासंघको निर्वाचन आयोगका अनुसार शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल र सुयस प्याकुरेल पनि एसोसियट सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वर बहादुर जि.सी., सुरज उप्रेती, कृष्ण लाल महर्जन र बटु लामिछाने पनि विजयी भएका छन्।
विजयी १७ जनाको मत परिणाम यसप्रकार छ:
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. ईश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत
यसैबीच, एसोसियट उपाध्यक्ष पदका लागि प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच प्रतिस्पर्धा जारी रहेको छ।
यसअघि महासंघको जिल्ला–नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भइसकेका छन् भने वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। जिल्ला–नगरतर्फ शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरेका थिए। सो पदका अन्य उम्मेदवार उमेश डालमिया र कल्पना गैह्रै पराजित भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षमा शिव घिमिरे ६० मतसहित पराजित भएका छन्।
वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भएका छन्।
उता सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको मत बराबरी (५०–५०) आएको थियो। जिल्ला–नगर खुलातर्फका सदस्यहरूमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरि प्रसाद अर्याल विजयी भएका छन्।
त्यस्तै जिल्ला–नगरतर्फ सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् भने द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मतसहित विजयी भएका छन्। साथै, वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल पनि निर्वाचित भएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया