NIMB Header 2
Nepal Life

नाफासँगै आइएमई लाइफको व्यवसाय विस्तार, आम्दानीमा २८% वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 May 06 13:51
नाफासँगै आइएमई लाइफको व्यवसाय विस्तार, आम्दानीमा २८% वृद्धि
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (चैत मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफासहित अधिकांश प्रमुख सूचकहरूमा सुधार देखाएको छ।

Shikhar
Nepal Life
NIMB

गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा उक्त नाफालाई बढाउँदै ३६ करोड ७९ लाख रुपैयाँ पुर्‍याएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो वर्षको ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी जीवन बीमा कोष पनि ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले बढ्दै १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट करिब २८ प्रतिशतले वृद्धि भई ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँ कमिशन वितरण गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ३० प्रतिशत बढी हो। कम्पनीको प्रतिशेयर आम्दानी ४ पैसाले वृद्धि भई ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ कायम रहेको छ। सोल्भेन्सी अनुपात २.५९ प्रतिशत रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ र शेयर प्रिमियम कोषमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्म कम्पनीले २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ भने कुल सम्पत्ति २४ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया