NIMB Header 2
Nepal Life

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान

NMB Bank
  • BFIS News
  • 2026 May 06 14:44
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान
United Ajod

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।

Shikhar
Nepal Life
NIMB

बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकको प्रमुख कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ। हाल प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हालिरहेकी छन्।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या चार सदस्यको उपस्थिति आवश्यक रहने र बहुमतका आधारमा निर्णय गरिने प्रावधान रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया