NIMB Header 2
Nepal Life

सर्वोत्तम पेन्ट्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ८ हजार ५ सयले मात्रै शेयर पाउने

NMB Bank
  • BFIS News
  • 2026 May 07 11:56
सर्वोत्तम पेन्ट्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ८ हजार ५ सयले मात्रै शेयर पाउने
United Ajod

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख २१ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयरको अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया