NIMB Header 2
Nepal Life

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भारी गिरावट

NMB Bank
  • BFIS News
  • 2026 May 07 15:19
शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भारी गिरावट
United Ajod

काठमाडौं । साताको कारोबारको क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बुधबार नेप्से सूचक ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

सूचकमा सुधार आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ। आजको कुल कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ। पछिल्ला दिनमा सरकारद्वारा ठूला व्यवसायीमाथि गरिएको पक्राउ कारबाहीपछि बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

नेपालको शेयर बजारमा सीमित ठूला लगानीकर्ताको प्रभाव बढी रहेको अवस्थामा उनीहरूसँग सम्बन्धित घटनाक्रमले कारोबारमा प्रत्यक्ष असर परेको बजार विश्लेषकहरू बताउँछन्। सरकारको आगामी कदमबारे अन्योल कायम रहँदा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्, जसका कारण कारोबार रकम खुम्चिएको देखिएको छ।

आजको कारोबारमा १५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ। लघुवित्त समूहका कम्पनीमा उल्लेख्य वृद्धि देखिएको छ। स्वाबलम्बन लघुवित्तको शेयर मूल्य १२.१९ प्रतिशतले बढेको छ भने सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर ४.२९ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, फर्वार्ड लघुवित्तको शेयर मूल्य १३.२४ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर र नेशनल हाइड्रोपावर कम्पनी अगाडि रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया