NIMB Header 2
Nepal Life

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुनः रामबहादुर यादव चयन

IME LIFE
  • BFIS News
  • 2026 May 12 11:39
नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुनः रामबहादुर यादव चयन
United Ajod

काठमाडौं । Nepal Microfinance Bankers Association को १९औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

Nepal Life
NIMB

काठमाडौंस्थित Hotel Everest मा सम्पन्न साधारणसभाबाट रामबहादुर यादव पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा दीपक निधि तिवारी, महासचिवमा संजयकुमार मण्डल, कोषाध्यक्षमा विनोद आचार्य तथा सचिवमा शिवप्रसाद ज्ञवाली चयन भएका छन्।

त्यसैगरी कार्यसमितिको सदस्यमा बद्रीप्रसाद दलाल, सौगतवीर चौधरी, शारदा खत्री, हरिकृष्ण जोशी, सरोजकुमार सिंह र दिलीपकुमार पोखरेल निर्वाचित भएका छन्।

साधारणसभालाई सम्बोधन गर्दै Nepal Rastra Bank का कार्यकारी निर्देशक Naresh Shakya ले लघुवित्त संस्थाहरूको व्यवसायिक अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको बताएका छन्। उनका अनुसार २०८२ असार मसान्तसम्म लघुवित्त क्षेत्रले वित्तीय सूचकहरूमा सुधार देखाएको छ।

उनले ग्रामीण अर्थतन्त्रको विकास, गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरणमा लघुवित्त संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै क्षेत्रका विद्यमान समस्याको समाधानका लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया