साताको अन्तिम दिन नेप्सेमा हरियाली, आँखुखोलासहित हाइड्रो कम्पनीमा उच्च कारोबार
- BFIS News
- 2026 May 22 15:14
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । आज नेप्से परिसूचक १६ अंकले बढ्दै बजारमा सकारात्मक माहोल देखिएको हो ।
आजको कारोबारमा आँखुखोला जलविद्युत कम्पनी को सर्वाधिक कारोबार भएको छ । त्यसैगरी रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, एपी पावर कम्पनी, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन तथा बन्दीपुर केबलकार एण्ड टुरिजम को पनि उल्लेखनीय कारोबार भएको छ ।
पछिल्ला दिनहरूमा उतार–चढाव देखिएको बजारमा साताको अन्तिम दिन आएको सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखिएको विश्लेषण गरिएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया