मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’ प्रदान
- BFIS News
- 2026 May 22 15:20
काठमाडौं । मुक्तिनाथ विकास बैंक ले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकका अनुसार आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । एक विद्यार्थीले “अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको” प्रतिक्रिया दिएका छन् । अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना सन्तानको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन् ।
बैंकले शिक्षा समृद्ध समाज निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको विश्वास व्यक्त गरेको छ । साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया