NIMB Header 2
Nepal Life

बीमा प्राधिकरण अध्यक्ष छनोट प्रक्रिया रद्द, नयाँ प्रक्रिया खुल्ने

IME LIFE
  • BFIS News
  • 2026 May 22 15:32
बीमा प्राधिकरण अध्यक्ष छनोट प्रक्रिया रद्द, नयाँ प्रक्रिया खुल्ने
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरण को अध्यक्ष पदमा नियुक्तिका लागि अघि बढाइएको पुरानो आवेदन प्रक्रिया रद्द गरिएको छ ।

 

Nepal Life
NIMB

अर्थ मन्त्रालय ले अध्यक्ष छनोटका लागि गठन गरिएको सिफारिस समितिको मिति २०८२ वैशाख १४ गतेको सूचनाअनुसार अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको हो । सूचनामा अध्यक्ष नियुक्तिसम्बन्धी प्रक्रिया उक्त सूचनाको सि.नं. ५ (आ) बमोजिम रद्द गरिएको उल्लेख छ ।

यसअघि अध्यक्ष पदका लागि विभिन्न १४ जनाले आवेदन दिएका थिए । जसमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी रहेका थिए ।

अध्यक्ष छनोटका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिको संयोजकमा डा. गुणाकर भट्ट रहेका छन् भने सदस्यमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा फत्त बहादुर केसी रहेका छन् ।

हाल प्राधिकरणको अध्यक्षका रूपमा चन्द्रकला पौडेल कार्यरत छन् ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया