NIMB Header 2
Nepal Life

विपद्को चुनौतीबीच हाइड्रो कम्पनीको आम्दानी ३८ प्रतिशतले वृद्धि

IME LIFE
  • BFIS News
  • 2026 May 23 13:24
विपद्को चुनौतीबीच हाइड्रो कम्पनीको आम्दानी ३८ प्रतिशतले वृद्धि
United Ajod

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याउँदा उत्पादनमा असर परेको भए पनि हाइड्रोपावर कम्पनीहरूको विद्युत बिक्री आम्दानी ३८ प्रतिशतभन्दा बढीले बढेको हो ।

 

Nepal Life
NIMB

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९९ जलविद्युत कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ४० अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ आम्दानी गरेका छन् । यो रकम गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ३८.५६ प्रतिशतले बढी हो । गत वर्षको नौ महिनामा यी कम्पनीहरूले २९ अर्ब ३७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

यस अवधिमा जलविद्युत कम्पनीहरूको नाफा पनि उल्लेख्य रूपमा बढेको छ । सूचीकृत १०१ कम्पनीहरूले कुल ७ अर्ब ९२ करोड ९३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नौ महिनामा हाइड्रो कम्पनीहरूले २ अर्ब ३४ करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी सर्वाधिक गर्ने कम्पनी अप्पर तामाकोशी जलविद्युत रहेको छ । कम्पनीले बिजुली बिक्रीबाट ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.७२ प्रतिशतले बढी हो ।

यस्तै, नौ महिनामा सर्वाधिक विद्युत बिक्री आम्दानी गर्ने दोस्रो कम्पनी साहस ऊर्जा रहेको छ । कम्पनीले चैत मसान्तसम्म २ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.८९ प्रतिशतले बढी हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया