NIMB Header 2
Nepal Life

वैशाखमा निर्जीवन बीमा कम्पनीको व्यापार ४ अर्ब नाघ्यो

IME LIFE
  • BFIS News
  • 2026 May 23 13:38
वैशाखमा निर्जीवन बीमा कम्पनीको व्यापार ४ अर्ब नाघ्यो
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले वैशाखमा कुल ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

 

Nepal Life
NIMB

यस अवधिमा कम्पनीहरूले २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी गरेका छन् । वैशाखमा सर्वाधिक व्यापार गर्ने कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले ६३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाखमा ४३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ले ४२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान बनाएको छ ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले ४१ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स ले ३९ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले ३७ करोड ३५ लाख रुपैयाँ, नेको इन्स्योरेन्स ले २८ करोड ९४ लाख रुपैयाँ तथा सानिमा जीआईसी इन्स्योरेन्स ले २८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स ले २१ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स ले १६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स ले १४ करोड ७० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स ले १२ करोड ९४ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स ले ८ करोड ३२ लाख रुपैयाँ तथा राष्ट्रिय बीमा कम्पनी ले ३ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया