NIMB Header 2
Nepal Life

गुल्मी अस्पताल आसपास सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, कारबाहीको चेतावनी

IME LIFE
  • BFIS News
  • 2026 May 23 14:05
गुल्मी अस्पताल आसपास सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, कारबाहीको चेतावनी
United Ajod

तम्घास (गुल्मी), जेठ ९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मी ले गुल्मी अस्पताल आसपास सुर्तीजन्य पदार्थ बिक्री तथा सेवन गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

 

Nepal Life
NIMB

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार अस्पताल क्षेत्र वरिपरि यस्तो गतिविधि नियन्त्रण गर्न निरीक्षण तथा अनुगमन तीव्र पारिएको छ । गुल्मी अस्पताल आसपास १ सय मिटर दूरीभित्र रहेका व्यवसाय तथा सार्वजनिक निकायमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मी का प्रतिनिधिहरू सहभागी थिए ।

टोलीले स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक कार्यालय तथा अन्य संवेदनशील क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन कानुनले निषेध गरेको जानकारी गराउँदै कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाको निश्चित दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न पाइँदैन ।

यस ऐनअनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षकको जिम्मेवारी समेत दिइएको छ । प्रशासनले यस्ता गतिविधिले बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नियन्त्रणलाई प्राथमिकता दिइएको जनाएको छ ।

यसैबीच मे ३१ मा मनाइने विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ लाई लक्षित गर्दै देशभर जनचेतनामूलक अभियान पनि सञ्चालन भइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया