सानिगाड हाइड्रोको आईपीओ जेठ १४ देखि खुला हुने
- BFIS News
- 2026 May 23 14:10
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि २८ लाख ५० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता, कर्मचारीका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ८५ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।
अब बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहनेछ ।
कम्पनीको क्रेडिट रेटिङमा इक्रा नेपाल ले ‘BB-’ (डबल बी माइनस) रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया