NIMB Header 2
Nepal Life

सलिकोद्धारा मिस नेपाल २०२५ की लुना लुइटेलको 'व्युटी विथ अ पर्पस' अभियानलाई सहयोग

IME LIFE
  • BFIS News
  • 2026 May 23 19:33
सलिकोद्धारा मिस नेपाल २०२५ की लुना लुइटेलको 'व्युटी विथ अ पर्पस' अभियानलाई सहयोग
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सलिकोले सामाजिक उत्तरदायित्व अन्तर्गत मिस नेपाल २०२५ की प्रतिस्पर्धी लुना लुइटेलको 'व्युटी विथ अ पर्पस' अभियानलाई सहयोग गरेको छ।

Nepal Life
NIMB

उक्त सहयोग कार्यक्रममा कम्पनीका अध्यक्ष मोहर दास मुल तथा डीसीईओ वरिष्मा साउद आचार्यको उपस्थितिमा सम्पन्न भएको हो। “Beauty With a Purpose” अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक तथा मानवीय कार्यहरूलाई प्रवर्द्धन गर्दै आएको छ। सलिकोले यस अभियानमार्फत युवापुस्तालाई प्रेरित गर्ने तथा समाजमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा सलिकोले सामाजिक रूपान्तरणका लागि अर्थपूर्ण अभियानहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले प्रेरणादायी यात्राहरूलाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरेको छ।

मिस नेपाल प्रतियोगिता आयोजक संस्था The Hidden Treasure द्वारा सञ्चालन गरिएको “Beauty With a Purpose” खण्डले सामाजिक चेतना र सेवा भावनालाई प्राथमिकता दिँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया