NIMB Header 2
Nepal Life

सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न, पहुँचवालाले मात्रै दाबी पाएको गुनासो

Citizen Life
  • BFIS News
  • 2023 Oct 14 18:09
सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न, पहुँचवालाले मात्रै दाबी पाएको गुनासो
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख पुर्ण बहादुर थापाको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय कृषक, गाउँपालिकाका प्रमुख तथा जननिर्वाचित प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु सहित सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

NIMB

रुरुक्षेत्र गाउँपालिकामा हिजो शुक्रवार बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको बीमा प्राधिकरणका उप निर्देशक थापाले जानकारी दिए । रुरुक्षेत्रमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यदु ज्ञवाली थिए । विशेष अधितिमा उपाध्यक्षमा मिनादेवी गौतम थिइन् भने अन्य अतिधिहरुमा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डे थिए । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका हुमाकान्त पाण्डेले गरेका हुन् ।

कार्यक्रममा दर्जन भन्दा धेरै प्रश्नहरु उठेका थिए । सहभागीहरुले कोरोना बीमाको रकम नपाएको, वडा कर्यालयले दिएको मृत्युदर्ता प्रमाणपत्रका आधारमा जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी नदिएको पाइएको छ । कृषि तथा पशुबीमामा दाबी भुक्तानी प्रकृयाँ झन्झटिलो भएको, कृषि तथा पशुबीमामा प्रयाप्त अभिकर्ताहरु नभएको, लम्पी संक्रमणबाट मृत्यु भएका पशुहरुको दाबी भुक्तानी नपाएको, पहुँचवालाले मात्रै दाबी भुक्तानी पाउने तर सर्वसाधारण बीमितलाई ढिलाइ गर्ने गरेको भन्दै आक्रोस पोखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले बीमा कम्पनीलाई प्रभावकारी रुपमा नियमनकारी निकायले अनुगमन गर्नु पर्ने बताएका छन् । उनले तोकिएको कम्पनीले पालिकासँग समन्वय गरी बीमा सम्बन्धी काम गर्नु पर्ने भन्दै अडान लिएका छन् । कृषकहरुलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्नु पर्ने उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख ज्ञवालीले आफ्नो गाउँपालिकाले ४२ सय घरधुरीको सम्पत्ती बीमा योजना बनाइ लागु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले स्वास्थ्य बीमा प्रभावकारी नभएकोले यो कार्यक्रममा बीमा कम्पनीहरु मार्फत नै सञ्चालन गरिनु पर्ने उनको भनाइ छ ।

प्राधिकरणले सत्यवती गाउँपालिकामा भने आज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता गाउपालिकाका अध्यक्ष  टिकाराम पाण्डेले गरेका हुन् । कार्यक्रमको सञ्चालन प्राधिकरणका सुरेन्द्र चौलागाइले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले पालिकामा बीमा कम्पनीको हेल्प डेक्स राख्न अनुरोध गरेका छन् । यस गाउपालिकामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा गराउदै आएको छ । त्यसैले कम्पनी सँग एक जना कर्मचारी खटाएर हेल्पडेक्स राख्न अनुरोध गरेका हुन् ।

बीमा दाबी भुक्तानी लिन झन्झटिलो र ढिलाइ भएको भन्दै छिट्टै दाबी भुक्तानीको व्यवस्था गरिदिन अनुरोध गरेका हुन् । कृषि बीमामा ८० प्रतिशत संघले अनुदान दिएको र पालिकाबाट थप १० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । कृषि तथा पशु बीमा कार्यलाई सरल र सहज बनाउनु पर्ने सहभागीको सुझाव छ । स्वास्थ्य बीमा राम्रो भए पनि प्रभावकारी नभएको उनिहरुको गुनासो छ ।

गाउँपालिकाका अध्यक्ष पाण्डेले लक्षित वर्गको सम्पत्तीको सुरक्षण गर्ने गरी बीमा नीति लिने बताए । उनले पालिकामा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षेत्रको सम्पत्तीको सुरक्षण गर्न बीमा नीति तयार गर्ने  प्रतिवद्धता व्यक्त गरेका छन् । कृषकहरुलाई दिएको १० प्रतिशत अनुदान रकमलाई बृद्धि गरी कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने उनले बताए ।

सोही कार्यक्रमको अवसरमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले कृषक पार्वती पाण्डे क्षेत्रीलाई ७२ हजार रुपैयाँ दाबी भुक्तानी प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पाण्डेले क्षेत्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया