NIMB Header 2
Nepal Life

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

IME LIFE
  • BFIS News
  • 2026 Jun 06 09:42
बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम
United Ajod

काठमाडौं, असार २२ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप पारदर्शी र उत्तरदायी बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

 

Nepal Life
NIMB

काठमाडौंमा आयोजित कार्यक्रममा हालै संशोधन भएका सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था, त्यसको कार्यान्वयनका चुनौती तथा बैंक तथा वित्तीय संस्थाहरूले अपनाउनुपर्ने थप सतर्कताका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजक तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका सिईओहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वित्तीय अपराध नियन्त्रण, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनलाई अझ प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए।

राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुरूप सञ्चालन गर्न आवश्यक सचेतना, निगरानी र अनुपालनलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया