NIMB Header 2
Nepal Life

फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ देखि भृकुटीमण्डपमा

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 12:26
फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ देखि भृकुटीमण्डपमा
United Ajod

काठमाडौं, जेठ १९ — नेपाल विद्युतीय व्यवसायी महासंघ ले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ।

 

Nepal Life
NIMB

विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रविधि हस्तान्तरणलाई लक्ष्य बनाइएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री स्वर्णिम वाग्ले ले गर्ने कार्यक्रम छ। सन् १९९६ देखि आयोजना हुँदै आएको यो प्रदर्शनी नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा स्थापित छ।

प्रदर्शनीमा नेपाल, भारत र चीनका विभिन्न कम्पनीहरूको सहभागिता रहनेछ। Siemens, Havells, Bajaj Electricals लगायतका ब्रान्डले नवीनतम उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन्।

मेलामा ट्रान्समिसन तथा वितरण प्रणाली, स्मार्ट होम समाधान, औद्योगिक स्वचालन, सौर्य ऊर्जा र ई–मोबिलिटीसम्बन्धी नवीन प्रविधि अवलोकन गर्न सकिनेछ। साथै विभिन्न अन्तरक्रिया, व्यवसायिक भेटघाट तथा ज्ञानमूलक सत्रहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रदर्शनीमा देशभरका पाँच हजारभन्दा बढी व्यवसायी तथा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। प्रवेश निःशुल्क भए पनि आगन्तुकले डिजिटल लिंक वा क्यूआर कोडमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया