आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
- BFIS News
- 2026 Jun 06 16:12
काठमाडौं। नेपाल राष्ट्र बैंक ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला तथा सर्वसाधारणसँग राय/सुझाव माग गरेको छ।
बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गर्न लागिएको हो। यस क्रममा उपयुक्त नीति निर्माणका लागि विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझाव प्राप्त गर्ने उद्देश्यले राय/सुझाव आह्वान गरिएको बैंकले जनाएको छ।
यस पटकको मौद्रिक नीति विशेष चासोका साथ हेरिएको छ। जेनजी आन्दोलनपछिको चुनावपछि गभर्नर डा. विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हुने भएको छ भने गभर्नर नियुक्तिपछिको उनको दोस्रो मौद्रिक नीति हो।
बैंकले मौद्रिक नीतिमार्फत मूल्य स्थिरता, वित्तीय स्थायित्व, आर्थिक वृद्धिदर तथा वित्तीय पहुँच विस्तारका विषयलाई सन्तुलित रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)
.jpg)






प्रतिक्रिया