धितोपत्र कसुरका फरार अभियुक्त चिरायु भण्डारी कार्यालय फर्कने प्रयासमा, कम्पनीका अन्य पदाधिकारी पनि सक्रिय
- BFIS News
- 2026 Jun 15 16:17
काठमाडौं । धितोपत्र कसुरसम्बन्धी मुद्दामा फरार अभियुक्तका रूपमा रहेका चिरायु भण्डारी कार्यालयमा फर्कने प्रयास गरिरहेको पाइएको छ।
सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा भण्डारीलाई प्रतिवादी बनाइएको छ। मुद्दा दर्ता भएपछि पनि उनी कार्यालयमा पुनः सक्रिय हुन खोजेको स्रोतको दाबी छ।
Guardian Micro Life Insurance Limited का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका भण्डारी बीमा, धितोपत्र तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित एक चर्चित आर्थिक अपराध प्रकरणमा मुछिएका छन्।
Department of Money Laundering Investigation ले स्रोत नखुलेको सम्पत्ति आर्जन, धितोपत्र कसुर, बीमा कसुर, बैंकिङ कसुर तथा संगठित आर्थिक अपराधसँग सम्बन्धित अभियोगमा उनीविरुद्ध ४० करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरेको छ।
स्रोतका अनुसार धितोपत्र कसुरको अभियोगले आफूलाई असर नगर्ने तर्क गर्दै भण्डारी कार्यालयमा फर्कने प्रयासमा रहेका छन्। साथै सोही प्रकरणमा प्रतिवादी बनाइएका कम्पनीका केही उच्च पदाधिकारीहरू समेत नियमित रूपमा कार्यालयमा उपस्थित हुने गरेको पाइएको दाबी गरिएको छ।
यद्यपि, सम्बन्धित निकायहरूले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.png)






प्रतिक्रिया