NIMB Header 2
Nepal Life

नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता साढे ४ करोड नाघे, मोबाइल इन्टरनेटको दबदबा कायम

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 16:19
नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता साढे ४ करोड नाघे, मोबाइल इन्टरनेटको दबदबा कायम
United Ajod

काठमाडौं । नेपालमा इन्टरनेट सेवाको पहुँच तीव्र गतिमा विस्तार हुँदै जाँदा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख नाघेको छ। मोबाइल ब्रोडब्यान्ड र फाइबर इन्टरनेट सेवाको विस्तारसँगै देशभर डिजिटल पहुँच उल्लेखनीय रूपमा बढेको देखिएको छ।

 

Nepal Life
NIMB

Nepal Telecommunications Authority ले सार्वजनिक गरेको वैशाख २०८३ सम्मको दूरसञ्चार सूचकसम्बन्धी प्रतिवेदनअनुसार नेपालमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख १९ हजार ९६ पुगेको छ। यो संख्या नेपालको कुल जनसंख्याको १५५ प्रतिशतभन्दा बढी हो। एक व्यक्तिले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्ने प्रवृत्तिका कारण ब्रोडब्यान्ड पहुँच जनसंख्याभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, भ्वाइस टेलिफोनी अर्थात् मोबाइल तथा टेलिफोन सेवाका कुल सक्रिय ग्राहक संख्या ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेको छ, जुन कुल जनसंख्याको १०३.७१ प्रतिशत बराबर हो।

भ्वाइस टेलिफोनी बजारमा Nepal Telecom ले ५३.५८ प्रतिशत बजार हिस्सासहित अग्रता कायम राखेको छ। कम्पनीका कुल ग्राहक १ करोड ६२ लाख ८ हजार ४ सय ७४ पुगेका छन्। दोस्रो स्थानमा रहेको Ncell को बजार हिस्सा ४६.४१ प्रतिशत रहेको छ भने ग्राहक संख्या १ करोड ४० लाख ३९ हजार ३ सय २ पुगेको छ।

समग्र भ्वाइस सेवामा मोबाइल प्रविधिको वर्चस्व कायम छ। कुल ग्राहकहरूमध्ये २ करोड ९८ लाख ३१ हजार ६ सय ८ जना मोबाइल सेवामा आबद्ध छन्, जुन कुल बजारको ९८.६२ प्रतिशत हो। तारयुक्त टेलिफोन प्रयोगकर्ताको संख्या भने ४ लाख १६ हजार १ सय ६८ मा सीमित रहेको छ।

इन्टरनेट बजारतर्फ मोबाइल ब्रोडब्यान्डको हिस्सा ८८.७४ प्रतिशत रहेको छ भने तारयुक्त ब्रोडब्यान्डको हिस्सा ११.१५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। मोबाइल इन्टरनेट सेवामा चौथो पुस्ताको (4G) सेवा उपभोक्ताको मुख्य रोजाइ बनेको छ। 4G प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख ३३ हजार २ सय ८ पुगेको छ भने 3G प्रयोगकर्ता घटेर ७ लाख ६५ हजार ३ सय ४४ मा झरेका छन्।

मोबाइल ब्रोडब्यान्ड बजारमा नेपाल टेलिकमको हिस्सा ५५.५८ प्रतिशत र एनसेलको हिस्सा ४४.४२ प्रतिशत रहेको छ।

तारयुक्त ब्रोडब्यान्डतर्फ फाइबर इन्टरनेट जडान संख्या ३४ लाख ५६ हजार १ पुगेको छ। एक इन्टरनेट जडानबाट औसत ४.३७ जना लाभान्वित हुने आधारमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५१ लाख २ हजार ७ सय २४ पुगेको छ, जुन कुल जनसंख्याको ५१.७८ प्रतिशत बराबर हो।

फिक्स्ड ब्रोडब्यान्ड बजारमा WorldLink Communications ले १० लाख ७८ हजार ७ सय ९ ग्राहकसहित ३०.९३ प्रतिशत बजार हिस्सा ओगट्दै अग्रस्थान कायम राखेको छ।

त्यसैगरी Nepal Telecom ३ लाख ८३ हजार १ सय १ ग्राहकसहित १०.९८ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा रहेको छ। Dish Media Network १०.५९ प्रतिशत बजार हिस्सासहित तेस्रो, Vianet Communications १०.४१ प्रतिशत हिस्सासहित चौथो स्थानमा रहेका छन्।

यस्तै Classic Tech को बजार हिस्सा ८.२३ प्रतिशत रहेको छ भने Subisu Cablenet ७.५९ प्रतिशत बजार हिस्सासहित छैटौँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया