NIMB Header 2
Nepal Life

आईएमई लाइफ इन्स्योरेन्सद्वारा जेठ महिनामा ४.१० करोड रुपैयाँ दाबी भुक्तानी

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 18:54
आईएमई लाइफ इन्स्योरेन्सद्वारा जेठ महिनामा ४.१० करोड रुपैयाँ दाबी भुक्तानी
United Ajod

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ साल जेठ महिनामा कुल ४ करोड १० लाख ९९ हजार ३९२ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

 

Nepal Life
NIMB

कम्पनीका अनुसार सो अवधिमा १३७ वटा बीमालेखअन्तर्गत दाबी भुक्तानी गरिएको हो। विभिन्न बीमा योजनाहरूको दाबीलाई समयमै प्रक्रिया पूरा गरी भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

भुक्तानी गरिएका योजनामध्ये कनभेन्सनल पोलिसी, फरेन इम्प्लोयमेन्ट पोलिसी तथा माइक्रो टर्म पोलिसी समावेश छन्।

कनभेन्सनल पोलिसी अन्तर्गत २२ वटा दाबीबापत १ करोड ४ लाख २ हजार ४३७ रुपैयाँ, फरेन इम्प्लोयमेन्ट पोलिसी अन्तर्गत ११ वटा दाबीबापत १ करोड ४२ लाख रुपैयाँ, र माइक्रो टर्म पोलिसी अन्तर्गत ९८ वटा दाबीबापत १ करोड ६५ लाख ६ हजार ९५५ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई अझ छिटो, सरल र ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया