काठमाडौंमा “दिलदार देहल्वी साँझ” गजल कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Jun 15 18:58
काठमाडौं, असार १ गते । एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा “दिलदार देहल्वी साँझ, नेपाली गजलकार माझ” कार्यक्रम आयोजना गरेको छ।
कवि, गजलकार तथा गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा देहल्वीले “किसी तौर कोई बहाने तो आ मोहब्बत नहीं दिल दुखाने तो आ” लगायत आधा दर्जन गजल प्रस्तुत गरे।
कार्यक्रममा वसन्त सागर, घनेन्द्र ओझा, जय पौडेल, बिट्टु केसी, शान्ति शर्मा, रवि प्राञ्जल, धिरेन्द्र महर्षी, करुण थापा लगायत गजलकारहरूले आफ्ना रचना प्रस्तुत गर्दै महफिललाई सजीव बनाएका थिए।
समसामयिक विषयदेखि प्रेम, पीडा र गुनासासम्मका भाव समेटिएका गजलहरूले कार्यक्रमलाई भावनात्मक र सांगीतिक वातावरणमा रूपान्तरण गरेको थियो।
प्रमुख अतिथि चौधरीले दिलदार देहल्वीको लेखन र व्यक्तित्व दुवै प्रशंसनीय रहेको बताउँदै सिर्जनात्मक क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा देहल्वीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै सहभागी गजलकारहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको एपेक नेपालले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.png)

.jpg)





प्रतिक्रिया