NIMB Header 2
Prabhu Mahalaxmi

एनएमबी बैंकले ५ मिनेटमै विना धितो खेति कर्जा दिने

United Ajod
  • BFIS News
  • 2023 Jul 01 05:36
एनएमबी बैंकले ५ मिनेटमै विना धितो खेति कर्जा दिने
IME LIFE

एनएमबि बैंकद्‍वारा खेतीसँग मिलेर एनएमबि खेती कर्जा सुरु, ५ मिनेटमै बिना धितो ऋण
काठमाडौं। एनएनबि बैंक र डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक शुभारम्भ भएको छ। यो कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर ५ मिनेटभित्रै कर्जा पाउन सक्ने बैंकले जनाएको छ।

Nepal Life
NIMB

वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरु गरिएको बताइएको छ।

किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यो ऋण लिनका लागि आवश्यक कागजातहरु पेस गर्नुपर्ने झन्झट व्यहोर्नुनपर्ने बैंकले जनाएको छ।

यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरुले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्वीकृत गरिने बताइएको छ। ग्राहकहरुले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा पाउने र कर्जा चुक्ता गरिसकेपछि फेरि अर्को कर्जा तुरुन्तै पाउने बैंकले जनाएको छ।

एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेती एप अनिवार्य डाउनलोड गरेर एपमा भएका फिचरहरुको प्रयोग गर्दै ग्राहक पहिचान विवरण भर्नुका साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको हुनुपर्ने बैंकले जनाएको छ। साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागी भएको हुनुपर्ने सर्त राखिएको छ।

‘देशले कृषिको व्यवसायिकरणमा जोड दिइरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भइ समग्र कृषि क्षेत्रको विकास हुँदै नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभावका साथै आर्थिक विकासमा मद्दत पुग्छ,’ बैंक र खेतीले विश्वास व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया