NIMB Header 2
Nepal Life

सेबोनको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त, २०८५ मंसिरसम्म नेतृत्व गर्ने

IME LIFE
  • BFIS News
  • 2026 Jun 20 12:37
सेबोनको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त, २०८५ मंसिरसम्म नेतृत्व गर्ने
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

 

Nepal Life
NIMB

यसअघि अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले कार्यकाल पूरा हुनुअघि पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले भट्टलाई नियुक्त गरेको हो। उनले श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्नेछन्। उनको कार्यकाल २०८५ मंसिर ९ गतेसम्म रहनेछ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थायी घर भएका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले करिब ३० वर्ष नेपाल राष्ट्र बैंकमा सेवा गर्दै अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, मानव स्रोत व्यवस्थापन विभागलगायत विभिन्न महत्वपूर्ण विभागको नेतृत्व गरेका छन्।

अनुसन्धान विभाग प्रमुखका रूपमा उनले मौद्रिक नीति निर्माण, आर्थिक अनुसन्धान तथा उपभोक्ता मूल्य सूचकाङ्क परियोजनामा योगदान दिएका छन्। सार्वजनिक ऋण व्यवस्थापन तथा वित्तीय क्षेत्र सुधारका विभिन्न कार्यक्रमहरूमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

भट्टले त्रिभुवन विश्वविद्यालयबाट वित्तीय व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। साथै व्यवस्थापन विषयमा स्नातकोत्तर तथा स्नातक तहको अध्ययन पूरा गरेका छन्।

उनी सानिमा क्यापिटल लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा समेत कार्यरत रहिसकेका छन्। पुँजी बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसम्बन्धी विभिन्न अनुसन्धानात्मक लेख तथा अध्ययनमा उनको संलग्नता रहेको छ।

शिक्षण क्षेत्रमा पनि सक्रिय रहेका भट्टले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पस तथा निजी कलेजहरूमा २५ वर्षभन्दा बढी समय अध्यापन गरेका छन्। उनले लगानी विश्लेषण, मौद्रिक नीति, कर्पोरेट वित्त, जोखिम व्यवस्थापन तथा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापनजस्ता विषय अध्यापन गर्दै आएका छन्।

नेपाल धितोपत्र बोर्डको नेतृत्वमा उनको आगमनसँगै पुँजी बजारको नियमन, विकास तथा लगानीकर्ता हित संरक्षणका क्षेत्रमा नयाँ अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया