NIMB Header 2
Nepal Life

बीमा प्राधिकरणको नेतृत्वमा योग्य व्यक्ति ल्याउँछौं : अर्थमन्त्री वाग्ले

IME LIFE
  • BFIS News
  • 2026 Jun 17 16:52
बीमा प्राधिकरणको नेतृत्वमा योग्य व्यक्ति ल्याउँछौं : अर्थमन्त्री वाग्ले
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बीमा प्राधिकरणको नेतृत्वका लागि योग्य र अनुभवी व्यक्ति चयन गर्ने बताएका छन् ।

 

Nepal Life
NIMB

चेम्बरको आयोजनामा भएको ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले बीमा प्राधिकरण र धितोपत्र बोर्डजस्ता नियामक निकायको नेतृत्वका लागि नयाँ व्यक्ति छनोट प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् ।

उनले बीमा प्राधिकरणको नेतृत्वका लागि लगनशील, क्षेत्र बुझेको र पर्याप्त अनुभव भएको व्यक्ति आवश्यक रहेको बताए । छनोट हुने व्यक्तिको योग्यता, पृष्ठभूमि र विवरणसमेत अध्ययन गरेर मात्र जिम्मेवारी दिइने उनको भनाइ थियो ।

मन्त्री वाग्लेले शेयर बजार र बीमा क्षेत्रमा देखिएका वित्तीय अपराध तथा चुनौतीलाई ध्यानमा राख्दै नियामक निकायमा सक्षम नेतृत्व आवश्यक रहेको बताए ।

उनले देशलाई आवश्यक पर्ने योग्य जनशक्ति खोजेर जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको समेत उल्लेख गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया