NIMB Header 2
Nepal Life

साताभर नेप्से ओरालो, बजार पूँजीकरणमा ३७ अर्ब रुपैयाँको गिरावट

IME LIFE
  • BFIS News
  • 2026 Jun 20 12:45
साताभर नेप्से ओरालो, बजार पूँजीकरणमा ३७ अर्ब रुपैयाँको गिरावट
United Ajod

काठमाडौं । साताभरको शेयर बजार गतिविधि हेर्दा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। पाँच कारोबार दिन सञ्चालन भएको बजारमा नेप्से परिसूचक, कारोबार रकम तथा बजार पूँजीकरण तीनवटै सूचकमा गिरावट देखिएको हो।

 

Nepal Life
NIMB

अघिल्लो साताको अन्तिम कारोबार दिन २७२४.०३ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता २७०२.११ अंकमा झरेर बन्द भएको छ। साताभर दुई दिन बजार बढे पनि तीन दिन बिक्री दबाब हाबी हुँदा समग्र बजार नकारात्मक बनेको हो।

मुख्य सूचकसँगै सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्स पनि घटेका छन्। यसले लगानीकर्ताको मनोबल तथा बजारको समग्र प्रवृत्ति कमजोर रहेको संकेत गरेको छ।

कारोबार रकमतर्फ पनि बजारमा सुस्तता देखिएको छ। अघिल्लो साता दैनिक औसत ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यो साता दैनिक औसत कारोबार रकम करिब ४ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। कारोबार भएका शेयर संख्या तथा कुल कारोबार संख्यामा समेत कमी आएको छ।

बजार पूँजीकरण पनि घटेको छ। अघिल्लो साताको अन्त्यसम्म ४६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार मूल्य यो साता ४६ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। यस अवधिमा बजारबाट करिब ३७ अर्ब रुपैयाँ बराबरको पूँजीकरण घटेको देखिन्छ।

क्षेत्रगत प्रदर्शनतर्फ १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्न सफल भएको छ। उक्त समूहको सूचक ११ हजार अंकमाथि पुगेको छ। अन्य सबै उपसमूह भने घटेका छन्।

सबैभन्दा बढी प्रतिशत गिरावट ‘अन्य’ समूहमा देखिएको छ भने अंकगत आधारमा निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आएको छ। यसले समग्र बजारलाई नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

व्यक्तिगत कम्पनीतर्फ एपोलो हाइड्रोपावरको शेयर मूल्य साताभरमा सर्वाधिक बढेको छ। त्यस्तै सोपान फर्मास्युटिकल्स र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

समग्रमा कारोबार रकम, बजार पूँजीकरण तथा अधिकांश क्षेत्रीय सूचकहरू घटेकाले लगानीकर्ताहरू अझै स्पष्ट संकेतको प्रतीक्षामा रहेको अवस्था देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया