NIMB Header 2
Nepal Life

उदयपुरमा यात्रुबाहक बस दुर्घटना : एक जनाको मृत्यु, ३१ घाइते

IME LIFE
  • BFIS News
  • 2026 Jun 20 12:51
उदयपुरमा यात्रुबाहक बस दुर्घटना : एक जनाको मृत्यु, ३१ घाइते
United Ajod

गाईघाट, असार ६ – उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

 

Nepal Life
NIMB

महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा.२ ख ६४६८ नम्बरको दिप इङलिस एकेडेमी बोर्डिङ स्कूलको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा बर्दिवासका ६५ वर्षीय विमलेस दत्तको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा बसमा सवार ३१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

गम्भीर घाइतेहरूको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको उदयपुरका प्रहरी उपरीक्षक राजन चपागाईंले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांश महोत्तरीको गौशाला नगरपालिका क्षेत्रका बासिन्दा रहेका छन्। अन्य पाँच जना सामान्य घाइतेहरूको समेत उपचार भइरहेको छ।

बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया