NIMB Header 2
Nepal Life

युद्धविराम उल्लंघनको आरोपपछि अमेरिकाद्वारा इरानका सैन्य संरचनामाथि हवाई आक्रमण

IME LIFE
  • BFIS News
  • 2026 Jun 28 11:15
युद्धविराम उल्लंघनको आरोपपछि अमेरिकाद्वारा इरानका सैन्य संरचनामाथि हवाई आक्रमण
United Ajod

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी वायुसेनाले इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको बताएका छन्।

Nepal Life
NIMB

उनका अनुसार उक्त कारबाही युद्धविरामको उल्लंघनपछि गरिएको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेको जानकारीमा अमेरिकी लडाकु विमानहरूले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका छन्।

उनका अनुसार आक्रमणका क्रममा इरानका तटीय क्षेत्रमा रहेका राडार केन्द्रहरू पनि निशानामा परेका छन्। अमेरिकी पक्षले यस सैन्य कारबाहीलाई इरानले युद्धविराम सम्झौता पुनः उल्लंघन गरेपछि गरिएको प्रतिक्रिया भएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया