Nepal Life

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्काशन गर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 14:12
लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्काशन गर्ने

काठमाडौं, साउन ५ । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ।

 

Nepal Life
NIMB

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि खुला गरिनेछ।

सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्।

ऋणपत्र बिक्री छिटोमा साउन १९ गते र पर्याप्त आवेदन नपरे ढिलोमा साउन २८ गते बन्द हुनेछ।

केयर रेटिङ्गस् नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्छ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया