काठमाडौंमा युवतीद्वारा आत्मदाहको प्रयास, गम्भीर अवस्थामा उपचाररत
- BFIS News
- 2026 Jul 21 14:20
काठमाडौं, साउन ५ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक २७ वर्षीया युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन्।
प्रहरीका अनुसार सालु गुरुङले सोमबार राति करिब ३ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।
घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। उनको स्वास्थ्य अवस्था र घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.png)

प्रतिक्रिया