Nepal Life

वाणिज्य बैंकको निक्षेप १४.८१% र कर्जा ५.८१% ले वृद्धि, निक्षेपमा ग्लोबल आइएमई र कर्जामा नबिल अग्रस्थानमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 14:47
वाणिज्य बैंकको निक्षेप १४.८१% र कर्जा ५.८१% ले वृद्धि, निक्षेपमा ग्लोबल आइएमई र कर्जामा नबिल अग्रस्थानमा

काठमाडौं, साउन ५ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको निक्षेप र कर्जा दुवै वृद्धि भएको छ। वर्षभरिमा बैंकहरूको निक्षेप १४.८१ प्रतिशत (९ खर्ब ६७ अर्ब रुपैयाँ) ले बढ्दा कर्जा प्रवाह ५.८१ प्रतिशत (३ खर्ब १५ अर्ब रुपैयाँ) ले वृद्धि भएको हो।

 

Nepal Life
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ७४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ६५ खर्ब ३० अर्ब रुपैयाँ थियो। त्यस्तै, कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकको निक्षेप बढेर ७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ भने नबिल बैंकको निक्षेप ६ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि निक्षेपमा वृद्धि गरेका छन्।

कर्जा प्रवाहतर्फ नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ४ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एनएमबि बैंक, नेपाल बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले पनि कर्जा प्रवाहमा वृद्धि गरेका छन्।

यद्यपि, समीक्षा अवधिमा प्रभु बैंक, एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया