Nepal Life

नेपाल लाइफका राजु भण्डारीले तोडे आफ्नै रेकर्ड, एक वर्षमा १ करोड ७८ लाखभन्दा बढीको बीमा व्यवसाय

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 15:52
नेपाल लाइफका राजु भण्डारीले तोडे आफ्नै रेकर्ड, एक वर्षमा १ करोड ७८ लाखभन्दा बढीको बीमा व्यवसाय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखामा आबद्ध अभिकर्ता तथा एजेन्सी म्यानेजर राजु भण्डारी ले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७८ लाख ९६ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गर्दै आफ्नै पुरानो कीर्तिमान तोडेका छन्।

 

Nepal Life
NIMB

ताप्लेजुङ शाखामा उत्कृष्ट व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका भण्डारीले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ करोड २८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए। यस वर्ष उनले सोही उपलब्धिलाई उछिन्दै नयाँ रेकर्ड कायम गरेका हुन्। उनी एजेन्सीतर्फ र टिमतर्फ दुवैमा शाखाको प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

यसअघि डबल समृद्धि पदकबाट सम्मानित भइसकेका भण्डारी यस वर्ष त्रिपल समृद्धि पदक बाट सम्मानित हुने भएका छन्। नेपाल लाइफले आगामी भदौको पहिलो साता काठमाडौंस्थित हयात होटलमा आयोजना गर्ने विशेष कार्यक्रममा उनलाई उक्त पदक प्रदान गर्ने जनाएको छ।

ताप्लेजुङ जस्तो भौगोलिक रूपमा विकट जिल्लामा रहेर पनि भण्डारीले जीवन बीमा सेवाको विस्तार गर्दै नागरिकलाई आर्थिक जोखिमबाट सुरक्षित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। शाखाको वार्षिक लक्ष्य पूरा गर्न पनि उनको योगदान उल्लेखनीय रहेको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा ताप्लेजुङ शाखाले ८ करोड ९१ लाख २२ हजार रुपैयाँ प्रिमियम संकलनको लक्ष्य पाएकोमा ७ करोड ९३ लाख ४५ हजार ८२७ रुपैयाँ संकलन गर्दै लक्ष्यको ८९ प्रतिशत पूरा गरेको थियो। उक्त उपलब्धिमा भण्डारीको महत्वपूर्ण योगदान रहेको बताइएको छ।

भण्डारीले आफ्नो परिवारलाई समेत बीमा व्यवसायमा आबद्ध गराएका छन्। समृद्धि पदकका लागि कम्पनीले निर्धारण गरेको करिब ५५ लाख रुपैयाँको लक्ष्य पार गर्दै उनले आफ्ना ७३ वर्षीय बुबा रोमनाथ शर्मा, भाइ युनिक भण्डारी र बुहारी चम्पा खनाल (भण्डारी) लाई पनि समृद्धि पदक प्राप्त गर्ने अवसर दिलाएका छन्।

हालसम्म पाँच पटक एमडीआरटी (MDRT) बन्न सफल भण्डारीले पछिल्ला वर्षहरूमा व्यक्तिगत उपलब्धिभन्दा व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन्। आर्थिक वर्ष २०८२/०८३ मा मात्रै उनले करिब १५० वटा नयाँ जीवन बीमा पोलिसी बिक्री गरेका छन्।

ताप्लेजुङको साविक हाङदेवा गाविस–९ बुङ्कुलुङमा जन्मिएका भण्डारी २०७३ साल चैत महिनाको अन्त्यदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध छन्। अभिकर्ता बनेको दुई वर्षमै एजेन्सी म्यानेजर बन्न सफल भएका उनी हाल ताप्लेजुङ शाखाका सफल बीमा व्यवसायीमध्ये एकका रूपमा परिचित छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया