NIMB Header 2
Nepal Life

भिजन लुम्बिनी उर्जाले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गर्दै, कति कत्ता दिने आवेदन ?

National Life
  • BFIS News
  • 2023 Nov 02 06:32
भिजन लुम्बिनी उर्जाले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गर्दै, कति कत्ता दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी उक्त आइपिओ निष्कासन गर्न लागेको बताएको छ। 

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको प्राथमिक शेयर ४८ हजार ७९१ जनाले मात्रै पाउन सक्ने भएकाले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु पर्ने देखिदैन । प्राथमिक शेयरमा कम्तिमा पनि ९/१० लाखको आवेदन पर्दै आएको रेकर्डले पनि १० कित्ताकै लागि आवेदन दिदा उपयुक्त हुन्छ । 

उक्त आइपिओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर १ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया