NIMB Header 2
Nepal Life

फेरारीको पहिलो विद्युतीय कार ४ करोड डलरमा बिक्री, नयाँ कारको लिलामीमा बन्यो कीर्तिमान

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 17:29
फेरारीको पहिलो विद्युतीय कार ४ करोड डलरमा बिक्री, नयाँ कारको लिलामीमा बन्यो कीर्तिमान
United Ajod

काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ परोपकारी लिलामीमा ४ करोड डलर (६ अर्ब ९ करोड ११ लाख रुपैयाँभन्दा बढी) मा बिक्री भएको छ।

 

Nepal Life
NIMB

अमेरिकाको क्यालिफोर्नियामा आयोजित लिलामीमा बिक्री भएको उक्त कार नयाँ कारका लागि लिलामीमा तिरिएको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो। लुचे आफ्नो सामान्य मूल्यभन्दा ३५ गुणा बढीमा बिक्री भएको जनाइएको छ।

लिलामीकर्ता संस्थाका अनुसार बिक्री भएको कार लुचेको ‘पहिलो उत्पादन चेसिस’ हो। यसमा विशेष फिनिस, अनुकूलित पांग्रा तथा ब्रेकलगायतका विशेष भागहरू समावेश छन्। कारका खरिदकर्ताको नाम भने सार्वजनिक गरिएको छैन।

लुचेको डिजाइन एप्पलका पूर्व प्रमुख डिजाइनर सर जोनी इभको नेतृत्वमा तयार भएको हो। गत मेमा सार्वजनिक भएको यो कार फेरारीको परम्परागत डिजाइनबाट फरक भएको भन्दै आलोचनासमेत भएको थियो। विशेषगरी ब्याट्रीबाट चल्ने पाँच सिट क्षमताको कार निर्माण गरेर फेरारीले आफ्नो पहिचान कमजोर बनाएको टिप्पणी गरिएको थियो।

लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनको शैक्षिक कार्यक्रममा खर्च गरिने आयोजकले जनाएको छ।

लुचे सार्वजनिक भएको भोलिपल्ट फेरारीको शेयर मूल्यमा समेत गिरावट आएको थियो। कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री माटेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो डी मोन्टेजेमोलोसमेत रहेका छन्। मोन्टेजेमोलोले लुचेले फेरारीको ‘किम्बदन्ती’ नष्ट गर्ने जोखिम रहेको बताएका थिए।

फेरारीका प्रमुख डिजाइन अधिकारी फ्लाभियो मानजोनीले भने आलोचना नवप्रवर्तन प्रक्रियाको हिस्सा भएको बताएका छन्। उनका अनुसार समयसँगै मानिसहरूले लुचेको डिजाइन र अवधारणाको प्रशंसा गर्नेछन्।

फेरारीले लुचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन। यद्यपि, फाइनान्सियल टाइम्स को रिपोर्टअनुसार चीनमा देखिएको बलियो मागका कारण कम्पनीले यस वर्षको बिक्री लक्ष्य पूरा गरिसकेको छ।

लुचेको पहिलो उत्पादन कार खरिद गर्ने यो अद्वितीय अवसर भएको लिलामीकर्ताले जनाएको छ।

लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री भएको कारको समग्र रेकर्ड भने सन् १९५५ को मर्सिडिज–बेन्ज ३०० एसएलआर उहलेनहाउट कुपेको नाममा छ। उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया